काठमाण्डौ – काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।
गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए ।
उनका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०८:२४
प्रतिक्रिया दिनुहोस्