Sagun Khabar
माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य 
Atrya hospital

बैतडी –नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका लागि नयाँ इन्चार्ज तोकेको छ । माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै नयाँ इन्चार्ज तोकेको हो । 

केन्द्रीय कमिटीको चौथो पूर्ण बैठककाबिच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । जसअनुसार सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन् । यसअघि सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए । 

त्यस्तै वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । त्यस्तै कोशीको इन्चार्जमा लिलामणि पोखरेल, मधेशको इन्चार्ज देवेन्द्र पौडेल, कर्णालीको इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन् । यस्तै हितमान शाक्यलाई लुम्बिनी प्रदेशको इन्चार्ज बनाइएको छ भने देवेन्द्र पौडेललाई गण्डकी प्रदेशको इन्चार्ज बनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update