Sagun Khabar
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक साँझ भदौ ४ गते ,सुदूरपश्चिमका कलाकारको प्रस्तुति रहने

बैतडी- स्रष्टा अभिनन्दन   तथा डेउडा सांस्कृतिक साँझ भदौ ४ गते  हुने  भएको  छ । सांस्कृतिक समाज नेपालको आयोजनामा  प्रज्ञाप्रतिष्ठान कमलादी काठमाण्डौमा स्रष्टा अभिनन्दन  तथा डेउडा सांस्कृतिक साँझ हुने  भएको  हो ।

नेपालीहरुको गौरवपूर्ण शान कला  र  संस्कृति हाम्रो पहिचान भन्ने  नाराका साथ भदौ ४ गते दिउँसो ३ बजे  स्रष्टा अभिनन्दन   तथा डेउडा सांस्कृतिक साँझको  आयोजना गरिएको  सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रशाद अवस्थीले जानकारी दिए  । सो कार्यक्रममा सुदूरपश्चिमको कला संस्कृति झल्कने  खालका प्रस्तुति रहने उनले  बताए ।

Atrya hospital

कार्यक्रममा  पुतला नाच, छलिया, हुड्केवली  पञ्चेबाजाका साथ सूदूरपश्चिमका कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष अवस्थीले बताए ।   मौलिक संस्कृति संरक्षण गर्ने  अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरिन लागिएको उनले  बताए ।  

देशैभरका मौलिक संस्कृति जगेर्नार्थ सातवटै प्रदेशमा मौलिक संगीत साँझ आयोजना गरिने र त्यसको सुरुवात सुदूरपश्चिम डेउडा साँझबाट गरिन लागिएको उनले  बताए । बैतडी  सिगास काँडाशैनीमा जन्मिनुभएका राष्ट्रिय कलाकार समेत रहेका सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी पछिल्लो  समय सुदूरको  संस्कृतिमा संरक्षणमा लागि परेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update