Sagun Khabar
हाम्रो देशको किसानले आँशु बगाउँदै छ !

रबिन्द्र प्रसाद भट्ट

गद्यय कविता   (किसान)
   सरकार तिमिलाई थाहा छ
हाम्रो देशको किसानले आँशु बगाउँदै छ,
तर हाम्रो सरकार भ्रष्टाचारमा रमाउँदै छ
किसान वस्तुुको मुल्य भाउ नपाएर तड्पि रहेको छ
तर सरकार हुस्किमा रमाउँदै छ ।

Atrya hospital

किसानले 
न समयमा मल पाउँछ
न सिंचाई गर्न पाउँछ
न बजार पाउँछ
यहाँ सरकार अन्न आयातमा रमाउँछ ।

न अनुदान पाउँछ 
पाउँछ त केवल पहुँच वालाले पाउँछ
सरकार कृषिमा लगानी गर्न छोडेर 
नेताहरुको पेट पाल्नमा रमाउँछ ।

सरकार,
किसानको पिडा देखेर त गगन पनि रुन्छ
के तिम्रो मुटु यति कठोर छ,
कि तिमी त्यो पिडा महसुस गर्न पनि सक्दैनौ
या गर्न चाहादैनौँ
के तिमी यति निर्दयी छौ। 

एकछिन आफै सोच त
ति किसानको पिडा तिमीले सुनिदिएको भए,
किसानले बगाएको पसिनाको कदर गरिदिएको भए
किसानको साहारा बनिदिएको भए,
आज तिमी कृषि उपज आयात होइन निर्यात गरिरहेको हुन्थ्यौ ।

अब पनि तिमीले किसानको पिडा सुनेनौ भने
किसानले भोगीरहेको पिडाको पापको भागिदार तिमीले हुनुपर्छ 
ए सरकार अब त तिमीले ब्युझिनै पर्छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update