धनगढी- सोमबारदेखि मंगलबार रातिसम्म परेको अविरल वर्षाले कैलालीमा एक हजार भन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण भजनी नगरपालिका जलमग्न भएको छ। बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा वडा नम्बर ३, ५, ७ र ८ नम्बर वडाभित्रका दुई सय ४३ घर डुबानमा परेका छन्।
कैलारी गाउँपालिकाको ७ नम्बर वडा डुबानमा परेर एक सय ५५ घरधुरी प्रभावित भएका छन भने गोदावरी नगरपालिकाको ४ नम्बर वडाका ७ घरधुरी डुबानमा परेका छन्। त्यस्तै धनगढी उपमहानगरपालिको १५ नम्बर वडाका २६ घरधुरी अविरल वर्षाका कारण प्रभावित बन्न पुगेका छन्। कैलालीका कुल १३ पालिकामध्ये ७ पालिकाका अधिकांश वडाहरुका वस्ती डुबानमा परेका छन्।
७ पालिकाभित्रका एक हजार १२ घरधुरी वर्षापछि आएको बाढीबाट प्रभावित बन्न पुगेका हुन्।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १६:१०
प्रतिक्रिया दिनुहोस्