Sagun Khabar
मनसुनजन्य विपदमा परेर अहिलेसम्म ४१ जनाको मृत्यु, ३१ जना बेपत्ता
Atrya hospital

काठमाण्डौ – यसपालि मनसुनजन्य विपदमा परेर अहिलेसम्म ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार मनसुन भित्रिएदेखि अहिलेसम्म विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । त्यसमध्ये २० जिल्लामा मानवीय क्षति भएको छ ।

विपदमा परेर एक सय ३० घरमा पूर्णरुपमा क्षति पुगको छ भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन शुरु भएकै बेलामा पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभा, ताप्लेजुङलगायतमा ठूलो वर्षा भएको थियो । वर्षापछि आएको बाढी पहिरोमा परेर यी जिल्लामा धेरै जनधनको क्षति भएको थियोे ।

मनसुन शुरु भएपछि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो । तर गएको सोमवार र मङ्गलवार देशभर पानी  पर्यो ।  यसपालि मनसुन  शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको हो  ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update