Sagun Khabar
बाढीले क्षति पुर्याएको गोदावरी धाममा नेपाली सेनाले गर्यो सरसफाइ

कैलाली –अविरल वर्षासँगैको बाढीले क्षति पु¥याएको कैलालीको गोदावरी धाममा नेपाली सेनाले सरसफाइ गरेको छ । साउन २२ र २३ गतेको वर्षासँगै आएको बाढीले गोदाबरी धाम क्षेत्रमा क्षति पु¥याएको थियो । 

बाढीले गोदाबरी धाम क्षेत्रका मन्दिरहरुमा बालुवा, माटो र ढुङ्गामुढा जम्मा भएका थिए । यस्तै, गोदावरी नदी तरेर मन्दिर जाने बाटोमा समेत बाढीले क्षति पु¥याएको थियो । 

Atrya hospital

नेपाली सेनाको गुरुबक्स गुल्मका निमिक्त गुल्मपति सहसेनानी सरोज कोइरालाको कमाण्डमा सुदूरपश्चिम पृतना हेडक्वार्टर र सर्वेश्वर गणबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले मन्दिरभित्र जम्मा भएको बालुवा तथा माटो हटाएको हो । बाढीले क्षतिग्रस्त बाटो समेत सेनाको टोलीले मर्मत गरेको छ । 

बाढीले पु¥याएको अवरोध हटाइएसँगै दर्शनार्थीलाई मन्दिर दर्शनका लागि सहज भएको देवीदल गण तेघरीका गणपति प्रमुख सेनानी रबी केसीले जानकारी दिए । 

गोदाबरी धाम क्षेत्रमा सरसफाइ गरेसंगै अब दर्शनार्थीहरुलाई सहज भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update