Sagun Khabar
गर्भपतनको औषधि सेवन गरेकी एक महिलाको मृत्यु 
Atrya hospital

कैलाली –कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन् । अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । 

बिहिवार बिहान गर्भपतन गर्न गएकी ती महिलालाई क्लिनिकले औषधी दिएको थियो ।  औषधी सेवनपछि उच्च रक्तस्राव भएपछि ती महिलालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update