Sagun Khabar
बैतडी घर भएकी बाल गायिका कल्पनाको स्वरमा रहेको बझाङ- बाजुरा  बजारमा

बैतडी - बैतडी घर भएकी बाल गायिका कल्पनाको आवाजमा रहेको गीत सार्वजनिक भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बाल गायिका कल्पना बिष्टको आवाजमा रहेको गीत सार्वजनिक भएको हो । बिहीवार संगीतकार बिबी अनुरागीको  युट्युव च्यानल मार्फत बझाङ -बाजुरा बोलको गित सार्वजनिक भएको छ । 

बिबी अनुरागीको लय तथा शब्द सिर्जनामा रहेको गीतमा बैतडीकी बाल कलाकार कल्पना बिष्टसंगै बाल गायक सुप्रिम मल्लले आवाज दिएका छन् । संगीतकार बिबी अनुरागीले नै  एरेन्ज गरेको गीतको  मिक्सिङ कमल थापाले गरेका छन् । 
गीत  प्रीज्म डिजिटल  रेकडिङ स्कटुडियो काठमाण्डौमा  रेकर्ड गरिएको  हो ।

Atrya hospital

बाल गायिका कल्पना विष्ट  भोलिको नेपाली लोक संगीत क्षेत्रमा स्वर राज गर्न सक्ने सम्भावना प्रवल रहेको  संगीतकार  बिबी अनुरागीको  भनाइ छ । स्थापित भैसकेका बाल गायक सुप्रिम मल्ल ठकुरी र बाल गायिका  कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित  भएको समेत उनले  बताए । 

  गीतको शब्दमा सुदूरपश्चिमको भाषाशैलीका लागी गायिका कल्पना  र सुप्रिमका पिता कृष्ण मल्लले सहयोग गरेको उनले बताए । बैतडी घर भएकी बाल गायिका  बिष्ट गीत गाएर टिकटकमा भाइरल भएकी थिइन् । 

टिकटकमा गीत गाएर  भाइरल भएकी कल्पनाले  गायक बिष्णु खत्रीको लय तथा शब्द रहेको गैरिखेतलाई कुलो नामक गीतमा  स्वर भर्ने अवसर पाएकी थिइन् । स्वरमा जादु रहेकी बिष्टको आवाज यो भन्दा अगाडी सगुन अनलाइन टीभी मार्फत प्रशारण समेत गरिएको थियो । गायिका कल्पनाको स्वरमा रहेका गीतहरु  सबैले मन पराउँछन् । 

कल्पनाको  स्वरमा रहेको  गीत सुन्न यो लिंकमा थिच्नु होस्  https://www.youtube.com/watch?v=tsedPS_vseQ

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update