Sagun Khabar
नेपाल आमा रोएकी छिन, सपुत छैन छोरा !

बैतडी- गरिमा विष्ट (देउडा गीत)
मेरा गाउँ ,मेरो जिल्ला मेरो देश, भ्रष्टाचारको सिकार
बनिरहेको  छ ।  नेताहरुको कारणले गर्दा यो
देखेर मेरो मन भतभति पोलिरहेको छ ।  
(१) नेपाल आमा रोएकी छिन, सपुत छैन छोरा
विकासको नाम मात्रै, देश सिद्धयाउने कुरा ।।

आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो

(२) लिनुपर्छ हकहित, मतभोट हाल्ने हामले
सबै दिक्क लागि सके, चोर नेतानका कामले ।।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खाया 

Atrya hospital

(३) नेपाल आमा सीमानामा, भारतको धम्कि
वडा देखि जिल्ला सम्म, कोहि छैन कम्ति ।।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो ।।


(४) चुनावमा उम्मेदार उठ् न, लुछाचुणि गर्छन
चुनाव जिति सकेपछि, आफ् नै भुणि भर्छन ।।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो ।।

(५) बिकासको टुङ्गो छैन, न गतिलो काम
काम हुदैन दुइ पैसाको, नेता इनको नाम ।।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो ।।

(६) गाउँ घरमा बाटो छैन, खेतमा कुलो छैन
जो पार्टीले जितेपनि, बिकास कैलै भैन ।।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो ।। 

(७) गरिब जन्ता फसाएर, आफ् नै राज्य गर्छौ
जन्ताको असराप लागेर, बिच बाटोमै मर्छौ ।।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो ।।

(८) देशको राज्य कोष खालि, जम्मै पार्टी पार्टी
शोषण गरि राज गर्नेको , सिधै समाउ घाँटि ।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो ।।

(९) सोचे जस्तो कैल होलो  सुदुरपश्चिम
भ्रष्ट नेता तह लाउन, सबै जनता कश्चिम ।।
आयो चुनाव गयो  चुनाव जनताले के पायो  
पाँच सालको कार्यकाल  नेता मिलि खायो।।

(पुर्चौडी नगरपालिका घर भएकी  गरिमा हाल रेडियो निङ्गलाशैनीमा कार्यरत छिन्। ) 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update