चितवन –डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुषको मृत्यु भएको हो ।
४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगु संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए । ५३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो ।
गत आर्थिक वर्षमा डेंगुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १३:२७
प्रतिक्रिया दिनुहोस्