बझाङ–माछा मार्न गएका कैलालीका प्रकाश बम बझाङको सेती नदीमा बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका बम बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए ।
३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगरस्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बेपत्ता बमको खोजी कार्य जारी रहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १०:५७
प्रतिक्रिया दिनुहोस्