कैलाली –कैलालीमा नदीमा डुबेर शुक्रवार दुई बालिका बेपत्ता भएका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिबिरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिबिरमा बस्दै आएका रमेश ओलीकी १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन् ।
उनीहरु लिक्मा नदीमा बेपत्ता भएको बताइएको । घरमा कसैलाई खबर नगरी उनीहरु नदीमा गएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । दुबै बालिकाको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १८:२६
प्रतिक्रिया दिनुहोस्