Sagun Khabar
बैतडीको देवलहाट र नौहाटमा भदौ ७ गते गौरा मनाइने 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको देवलहाट र नौहाट क्षेत्रमा भदौ ७ गते गौरा मनाउने निर्णय भएको छ । गौरा भदौ ७ कि २१ भन्ने बहस भइरहेका बेला ईश्वर जगन्नाथ मन्दिर सेवा समितिको बैठक बसेर भदौ ७ गते नै गौरा मनाउने निर्णय गरेको छ ।  

जगन्नाथ मन्दिरको भण्डारघर नौहाटमा बसेको स्थानीय जानकारहरुको भेलाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तय गरेको तिथीमै गौरा पर्व मनाउने निर्णय भएको समितिका अध्यक्ष शेरबहादुर कुँवरले बताए । 

Atrya hospital

२०४२ र २०६९ सालमा पनि यस्तै खालको दुविधा देखिएकाले सोही बेलाको परम्परा अनुसार यो बर्षको गौरा पनि भदौ ७ गते नै मनाउने निर्णय भएको बताइएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गतेका लागि गौराको तिथी तय गरेपछि यो क्षेत्रका अधिकांश ज्योतिषहरुले त्यसमा असन्तुष्टि जनाइरहेका छन् । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै हुने उनीहरुको दाबी छ । 

भदौ ७ गतेको गौरा श्रावण शुक्ल पक्षमा परेकाले भदौ २१ गते उपयुक्त तिथी भएको आचार्य घनश्याम लेखकले बताए । 

यता नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने अगस्ती उदयको दोष हुने भएकाले भदौ ७ गते नै गौराको उपयुक्त तिथी भएको बताएको छ । विभिन्न शास्त्रहरुको अध्ययनपश्चात भदौ ७ गते गौराको तिथी तय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य गणेशप्रसाद पन्तले बताए । 

यो बर्ष गौराको तिथीमा ज्योतिषहरुले आ–आफ्नै तर्क गर्न थालेपछि दुई मितिमा गौरा हुने निश्चित जस्तै भएको छ । बैतडीका केही ठाउँमा भदौ ७ र केही ठाउँमा भदौ २१ गते गौरा मनाउने तयारी भइरहेको छ । 

Gura jag1691896480.jpg

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update