Sagun Khabar
एक युवकले आफ्नै  संवेदनशील अङ्ग काटेपछि…
Atrya hospital

हेटौँडा- मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईंले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेका छन् । प्रहरीका अनुसार बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका उनले त्यहीँ आफ्नो लिङ्ग काटेको देखिएको छ।

संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए । हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

प्रहरीले उनी घाइते भए पनि अवस्था मध्यम रहेको जनाएको छ । प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update