बैतडी- बैतडीका गायक गोपाल विष्टको हितैकी रानी बजारमा आएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ४ ढकाली गोलदेउ घर भएका गायक विष्टको देउडा गीत हितैकी रानी बजारमा आएको हो ।
गायक गोपालकै शब्द सिर्जना र स्वरमा रहेको यो गीतमा चर्चित लोक गायीका पूर्णकला बिसीले स्वर दिएकी छिन् । घरमा श्रीमती,बालबच्चा छाडेर कमाउन विदेशिने युवाहरुको पिडामा आधारित यो गीत गत बिहीवार ध्वजमहराको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
रोजगारीको सिलसिलमा लामो सयम दक्षिण कोरिया बसेका विष्टको यो पाँचौ साँगीतकि कोसेली हो । पूराना गायकका रुपमा चिनिने विष्टले पहिलो पटक भिडियो सहितको देउडा गीत बजारमा ल्याएका हुन् । हितैकी रानी देउडा गीतको भिडियोमा गोपाल विष्ट, प्रियङका कुँवर, हिरा विष्ट र दिनेश विष्टको मुख्य अभिनय रहेको छ ।
यो गीतको भिडियोमा पाटनकै दृश्यहरु देखाइएका छन । आफ्नै गाउँ ठाउँका दृश्य देखाएर तयार पारिएको गीतमा स्थानीय महिला पुरुषहरुले कृष्ण मावि पाटनको प्राङ्गणमा खेलेको देउडा खेलले भिडियो अझ उत्कृष्ट देखिएको छ । फूल हजारी देउडा गीत गाएर सांगीतिक यात्रामा पाइला टेकेका विष्टले कान्ति, भाईबहीनि, रानी बन घसारी लगायतका गीत बजारमा ल्याइ सकेका छन् । दर्शक स्रोताको माया मिलि रहेकाले अगामी दिनमा पनि गीतहरु बजारमा ल्याउने गायक विष्टले बताए ।
भिडियो सहितको गीत हेर्न यो लिंकमा थिच्नुहोस https://www.youtube.com/watch?v=F-JmPS5Q6JM