Sagun Khabar
काठमाण्डौमा देउडा सांस्कृतिक साँझ भोलि,प्रमुख अतिथि पूर्व प्रधानमन्त्री ओली

बैतडी- काठमाण्डौमा देउडा सांस्कृतिक साँझ भोलि हुने भएको छ । सुदूरपश्चिमको कला संस्कृति संरक्षण र प्रचार प्रसारका लागि भोलि कमलादी स्थित प्रज्ञा भवनमा स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ हुने  सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । सो  कार्यक्रमका लागि तयारी पुरा भएको  उनले बताए ।

सोमबार दिउँसो ३ बजे देउडा सांस्कृतिक साँझ कार्यक्रम हुने उनले  बताए  ।  यो  कार्यक्रमको  पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैतडी घर भएका  सांस्कृतिक समाज नेपालका अध्यक्ष अवस्थीले बताए । पूर्व प्रधानमन्त्री ओलीको   प्रमुख आतिथ्यतामा कार्यक्रम हुने उनले बताए ।

Atrya hospital

 काठमाण्डौमा पहिलो पटक सांस्कृतिक समाज नेपालले सुदूरपश्चिम प्रदेशको कला संस्कृति जर्गेना गर्ने उद्देश्यले स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ आयोजना  गर्न लागेको  हो । ‘नेपालीहरूको गौरवपूर्ण शान, कला र संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ मौलिक कला र संस्कृतिको संरक्षण एवम् सम्बद्धन गर्ने उद्देश्य रहेको अध्यक्ष अवस्थीले बताए ।

कार्यक्रममा मौलिक कला संस्कृतिलाई बचाइराख्ने र चिनाइराख्ने विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन गरिने छ । लोकप्रिय गायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, टीका पुन ,सुरेश शाही, महेश कुमार औजी लगायत दर्जनौ कलाकारहरूका मौलिक प्रस्तुतिका साथै प्रख्यात पुतला नाच , छलिया नाच , ठाडो नाच, गौरा प्रदर्शन लगाएतका थुप्रै नाचहरू समेत प्रस्तुत गरिने बताइएको छ ।

कार्यक्रमले देउडा संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन टेवा पुग्ने विश्वास गरिएको छ । सांस्कृतिक समाज नेपालले सबैलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update