Sagun Khabar
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

काठमाण्डौ – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नेछन् । सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए।

Atrya hospital

श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका छन् । उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पृष्ठको योजना पेस गरेका छन् । 

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । २०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका हुन् । 

उनी २०७३ साल साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् । उनले २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update