Sagun Khabar
बैतडी घरभएका चर्चित गायक औजीलाई १ लाख धनराशिको हिमाल देउडा रत्न पुरस्कार  

बैतडी- बैतडी घर भएका बरिष्ठ एवं चर्चित देउडा गायक महेश कुमार औजी डेउडा रत्न पुरस्कारबाट पुरस्कृत भएका छन् । सोमबार  काठमाण्डौको प्रज्ञा भवन कमलादिमा आयोजित कार्यक्रममा उनि नगद सहित हिमाल देउडा रत्न पुरस्कारबाट  सम्मानित भएका हुन् ।

हिमाल डेन्टल अस्पतालले दिदै  आएको हिमाल देउडा रत्न पुरस्कार यस वर्ष गायक औजीले पाएका हुन् । १ लाख २५ हजार १ सय ५१  राशिको हिमाल देउडा रत्न पुरस्कार २०८० बाट  उनि सम्मानित भएका हुन् । काठमाण्डौको प्रज्ञा  भवन कमलादिमा अयोजित देउडा साँझ कार्यक्रमा बष्ठि देउडा  गायक औजी  पुरस्कृत भएका हुन् ।

Atrya hospital

हिमाल डेन्टल हस्पीटलका अध्यक्ष डा.राजेन्द्र  भट्टको उपस्थितिमा पूर्व प्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर  चन्द र केपी शर्मा ओलीबाट आफुले  पुरस्कार  ग्रहण गरेको गायक औजीले बताए । लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित औजीको  योगदानको कदर गर्दै नगरद सहित पुरस्कृत  गरिएको अस्पतालका अध्यक्ष डा.राजेन्द्र भट्टले बताए ।

प्रत्येक वर्ष  हिमाल डेन्टल अस्पतालले देउडा गायक तथा सर्जकहरुलाई  हिमाल देउडा रत्न पुरस्कार दिदै आएको  छ ।  यस अघि   देउडा गायक अन्तराम विष्ट पनि नगद सहित   हिमाल देउडा रत्न  पुरस्कारबाट सम्मानित भएका थिए । हिमाल देउडा रत्न पुरस्कारबाट सम्मानित हुँदा खुसि लगोको उनले  बताए । गायक औजीले सुदूरपश्चिमेली भाषाका ५ सय बढी गीतमा स्वर दिनुका साथै १ सय बढी गीत श्रृजना गरेका छन् ।

अनिता एइबिराना देश मत, कलेजी कटौन्या माया लगायतका थुप्रै चर्चित देउडा गीत गाएर  आफनो  पहिचान बनाएका औजी दर्शक स्रोताको  मन मुटुमा बस्न सफल छन् । गायक औजीले सोर दिएका गीतहरु सबैले मन पराउँछन् । बैतडीको  पञ्चेश्वर  बिजुलमा जन्मेका गायक औजी  अहिले राष्ट्रिय कलाकारका रुपमा स्थापित छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update