काठमाण्डौं –काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो ।
बस बुधबार बिहान त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी जनाएको छ ।
दुर्घटनास्थलमा प्रहरी पुगेर उद्धार सुरु गरिएको छ । नदीमा खसेको बसबाट यात्रुहरु निकाल्न थालिएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन् । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्