Sagun Khabar
बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना : सात जनाको मृत्यु 
Atrya hospital

काठमाण्डौ – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै थियो । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार जना महिला र तीन जना पुरुष गरी ६ जना भारतीय नागरिक र एकजना नेपालीको मृत्यु भएको बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।

घाइते १८ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update