बैतडी – देशभर झरी परेको छ । धेरै ठाउँमा अस्तिदेखि लगातार झरी परिरहेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सुदूरपश्चिमसहित कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने अनुमान छ ।
मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक÷दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।
यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार देशभर मनसुन सक्रिय भएको छ । यसले गर्दा लगातारजसो झरी परिरहेको छ । लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । पर्सिदेखि मात्रै मौसम खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।