Sagun Khabar
पत्थरीको अप्रेशनमा डाक्टरले मृगौला झिकेपछि बिरामीको मृत्यु

कैलाली – धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो । 

पत्थरीको बिरामी रहेका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुवै मिर्गौलामा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ मिर्गौलामा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो । 

Atrya hospital

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको जनाए । 

अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिलेनै भन्न नसकिने बताए । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update