Sagun Khabar
अस्पतालमा बिरामीको मृत्यु भएपछि धनगढीमा तनाव 

कैलाली –धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक अस्पतालमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएपछि तवान भएको छ ।  दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका छन् । 

शल्यक्रियाका क्रममा बिरामीको मृगौला नै झिकेपछि बिरामीको मृत्यु भएको र यसमा अस्पतालले लापरवाही गरेको आफन्तहरुको आरोप रहेको छ । 

Atrya hospital

मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन् । यसै विषयमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । 

घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मृतकका आफन्त र अस्पताल प्रशासनबिच छलफल भएको हो । 

तर अस्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको छ । मृतकका आफन्त रामु कुश्मीले आफूहरुको मागप्रति अस्पताल प्रशासन गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन बनेको बताए ।

वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका छन् । अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update