Sagun Khabar
संसदीय समितिका सभापतिले लिए शपथ

काठमाण्डौ – प्रतिनिधिसभाको संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमवार सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिलाई शपथ गराएका हुन् । 

संसदीय समितिअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा  जनता समाजवादीका राजकिशोर यादव, कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा निर्वाचित भएका छन् । 

Atrya hospital

यस्तै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । 

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान निर्वाचित भएका छन् । यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update