काठमाण्डौं –सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।
यता राहुलले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि आरोप लागेपछि सीआईबीमा आफैं उपस्थित भएको बताएका छन् ।
इलेक्ट्रिक चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करीमा जोडिएको आरोप राहुलमाथि लाग्दै आएको थियो । उक्त प्रकरणमा अन्य व्यक्तिहरु पक्राउ परेर यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १६:३१
प्रतिक्रिया दिनुहोस्