Sagun Khabar
खाना पकाउने ग्यासमा उच्च मूल्य वृद्धि, पेट्रोल,डिजेल र मट्टितेलको भाउ पनि बढ्यो 

काठमाण्डौ – खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।

Atrya hospital

त्यस्तै, खाना पकाउने ग्यासको एकैपटक २ सय ३५ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि ग्यासको भाउ १ हजार ६ सय ६० थियो ।

त्यस्तै, पेट्रोल काठमाण्डौमा प्रतिलिटर १ सय ८२ र डिजेल÷मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि काठमाण्डौमा पेट्रोल १ सय ७८ र डिजेल÷मट्टितेल १ सय ६७ रुपैयाँ थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार नै भाउ बढेको जनाएको छ ।

oil_d8XuA7LTcO1693533997.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update