Sagun Khabar
इतिहासले सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु भइरहेका प्रधानमन्त्री प्रचण्डको दाबी 

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गरेका छन् ।  

आज पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले यस्तो बताएका हुन् । उनले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा नागरिकको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको बताए । 

Atrya hospital

उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले नागरिकमा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले राजनीतिक र सामाजिक अराजकताको ठाउँमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए । उनले आफैँले गरेका राम्रा काम पनि नागरिकसम्म पुर्याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत नागरिकमा सम्प्रेषण गर्दै सरकार र नागरिकबीच सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री प्रचण्डले नागरिकले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुने बताए । उनले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताए । उनले  भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गरेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update