Sagun Khabar
रुकुम पश्चिमको चौरजहारीमा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु भएको छ ।

हिजो दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएको हो । 

Atrya hospital

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिए । 

मनोज आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update