काठमाण्डाै – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आज बुधवार आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने व्यक्तिबारे सोधखोज भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १५:४२
प्रतिक्रिया दिनुहोस्