डोटी - डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका–११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् ।
शुक्रवार हिजाे दिउँसो नदीमा लुगा धुन फुपूसँगै गएका रेञ्जर बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १०:३३
प्रतिक्रिया दिनुहोस्