बैतडीमा उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वरोजगार कार्यक्रमका लागि ५.२३ करोड बजेट
बिहीबार, फागुन ८, २०८१

बैतडीको सहस्त्रलिङ्ग मेला अब राष्ट्रिय पचाङ्गमा समावेश, ऐतिहासिक एवं धार्मिक महत्व उजागर
बुधबार, फागुन ७, २०८१

सडकका सिपाहीः अर्जुन लावडको संघर्षमय यात्रा
बुधबार, फागुन ७, २०८१
अर्जुन यसरी सडकमा झाडु समाएर काम गर्नुअघि भारतका विभिन्न ठाउँमा १० वर्ष बिताएर आएका थिए । बिरानो मुलुकको नसोचेको संघर्षले उनलाई गाउँ फर्किन बाध्य बनायो । “विदेशमा स्वाभिमान जोगाउन सकिन्न, खुसी साट्न सकिन्न,” उनी भन्छन् । भारतमा उनी दिनरात खटिएर काम गर्थे, तर आफ्नो माटोको मायाले सधैं तानिरहन्थ्यो । विदेशमा...

पञ्चेश्वरमा अवरुद्ध विद्युतीकरण अभियानः अध्यक्ष चन्दको पहलकदमीमा कार्य अघि बढ्दै
बुधबार, फागुन ७, २०८१
गाउँपालिकाले अबको केही साताभित्रै बाँकी रहेका संरचनाहरू निर्माण गरी विद्युत् विस्तार पूरा गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष चन्दका अनुसार, विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, र स्थानीय निकायहरूसँग पुनः सहकार्य गरी विद्युत् वितरण प्रणालीलाई चुस्त बनाइनेछ।

खगराज भट्टको राजनीतिक यात्रा : तीन पटकको पराजयपछि पहिलो जित, तर मुख्यमन्त्री बन्ने सपना अधुरै
सोमबार, फागुन ५, २०८१
देउवाले नै उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच भट्टलाई मुख्यमन्त्री बनाउने सहमति समेत भएको चर्चा चल्यो। चुनावी प्रचारका क्रममा भट्टले पनि जनतासँग मुख्यमन्त्रीका रूपमा क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैतडीः धार्मिक र पर्यटकीय स्थलको अद्भुत संगम
सोमबार, फागुन ५, २०८१
बैतडीको इतिहास पनि गौरवमय छ । यो जिल्ला नेपालको स्वतन्त्रता र संघर्षको एउटा महत्वपूर्ण केन्द्र रहेको छ । शहीद दशरथ चन्दको जन्मस्थान यहीं पर्दछ, जसले राणा शासनविरुद्ध आफ्नो जीवन बलिदान दिएका थिए । उनको जन्मघरलाई ऐतिहासिक स्थलका रूपमा संरक्षित गरिएको छ, जसले पर्यटकलाई प्रेरणा दिने काम गरिरहेको छ ।

भिरमा हराएको जीवनः श्रीमानको वेदना र एउटा टुहुरो बालकको भविष्य
सोमबार, फागुन ५, २०८१
दिपाका ८ महिनाका छोरा, जो अहिले आमाको दूधमा निर्भर थिए, अब अचानक मातृस्नेहविहीन भए । आमाले माया गर्न नपाउने, बोकेर सुम्सुम्याउन नपाउने त्यो नाबालकको भविष्य के होला? एक बच्चाका लागि आमा केवल पालनपोषण गर्ने व्यक्ति मात्र होइनन्, उनी बालकको पहिलो गुरु, पहिलो सुरक्षा, र पहिलो स्नेहको प्रतीक हुन् । अब...

आमाको शवसँग एक्लिएका छोराः जातीय विभेदको कठोर यथार्थ
आइतबार, फागुन ४, २०८१
आफ्नै आमाको शव उठाउन मानिस नपाउँदा प्रकाशले गाडीको खोजी थाले। दिनभरि प्रयास गर्दा पनि कुनै गाडी सहजै पाइएन। स्थानीय बासन्त विश्वकर्माले साँझ आठ बजेतिर आफ्नै ट्र्याक्टर दिने सहमति जनाएपछि बल्ल मानाको शव घाटसम्म पुर्याउने सम्भावना बनेको थियो।